तनावग्रस्त अमेरिकाः प्रहरीको गोलीबाट ७ हजार बढी अश्वेत मारिएको इतिहास

Advertisement

एजेन्सी । अमेरिकाको मिनियापोलिस शहरमा अश्वेत नागरिक जर्ज फ्लयडको प्रहरी कारवाहीका क्रममा मृत्युपछिको तनावग्रस्त अवस्थामा कुनै सुधार आएको छैन । हिंसात्मक विरोध प्रदर्शन जारी छ भने लुटपाटका घटनाहरु पनि बढ्दै गएका छन । प्रहरीका सवारी साधनमा आगजनीका घटनाहरु पनि बढिरहेका छन ।

हिंसात्मक प्रदर्शनको राप राष्ट्रपति भवन ह्वाईट हाउस नजिकसम्म पनि पुग्यो । प्रदर्शनकारीहरुको भिडलाई हटाउन अमेरिकी सिक्रेट सर्भिस र यूनाईटेड स्टेट्स पार्क पुलिसलाई हम्मे हम्मे पर्यो । प्रदर्शनकारीहरुको भिडले राष्ट्रपति ट्रम्पको सुरक्षा टोलीलाई पनि आश्चर्यमा पार्यो ।

आपतकालिन अवस्थामा प्रयोग गरिने भूमिगत बंकरको ब्यवस्थापन बारे राष्ट्रपतिलाई जानकारी गराउन सुरक्षाकर्मी बाध्य भए । दंगाग्रस्त स्थितिलाई नियन्त्रणमा लिन वाशिंगटनलगायत १५ राज्यहरुमा रिजर्व मिलिट्री फोर्स ‘द नेशनल गार्ड’ का ५ हजार जवान परिचालन गरिएको छ ।

वाशिंगटनसहित विभिन्न ४० शहरहरुमा कर्फ्यु आदेश जारी गरिएको छ । वाशिंगटन शहरमा १७ जनालाई गिरफ्तार गरिएको छ भने विभिन्न १७ शहरहरुमा १४ सय बढी अश्वेत प्रदर्शनकारीहरु गिरफ्तार भएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावित शहरका राज्यपालहरुलाई सुरक्षा ब्यवस्था मज्बुत पार्न नसकेको भन्दै आलोचना पनि गरेका छन । जर्ज फ्लयडको मुत्युपछि मिनियापोलिसका मेयर जेकब फ्रेले हत्यामा संलग्न रहेको अभियोगमा चार प्रहरी अधिकारीहरुलाई बर्खास्त गरेका छन ।

अमेरिकामा प्रहरीबाट अश्वेत नागरिकको हत्या भएको यो पहिलो घटना हैन । प्रहरीसंग हुने हिंसाको रेकर्ड राख्ने अमेरिकी संस्था ‘मेपीङ पुलिस भायलेन्स’ का अनुसार सन २०१३ देखि १९ बीच अमेरिकी प्रहरी कारवाहीका क्रममा ७, ६६६ जना अश्वेत नागरिकको मृत्यु भएको छ ।

प्रहरीको गोली लागि अश्वेत नागरिको मृत्यु हुने यो तत्थांक श्वेत नागरिकको तुलनामा २ दशमलव ५ गुणा बढी हो । ‘मेपीङ पुलिस भायलेन्स’ का अनुसार बर्षभरिमा त्यस्तो कुनै पनि महिना हुँदैन जहाँ प्रहरी कारवाहीमा अश्वेत नागरिक नमारिएको होस ।

सन २०१९ को डिसेम्बरमा ९ भन्दा बढी अश्वेत नागरिकको प्रहरी कारवाहीमा मृत्यु भएको तथ्यांक छ । अमेरिकाको कुल जनसंख्यामा अश्वेतहरुको उपस्थिति केवल १३ प्रतिशत मात्रै छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल