आज निर्जला एकादशीव्रत, तुलसीको दल राख्ने दिन हेर्नुहोस् २०७७ ज्येष्ठ २० गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको २० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुन महिनाको २ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको एकादशी तिथि बिहान ९।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । चित्रा नक्षत्र राति ९।३३ बजेसम्म रहनेछन् । यसैगरी व्यतीपात योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५४ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।

आज निर्जला एकादशीव्र हो । यसैगरी आज तुलसीको दल राखिन्छ । हरिशयनी एकादशीको दिन तुलसीको विरुवा रोप्न तयार गर्नका निम्ति शुद्ध पवित्र स्थानमा तुलसीको दल राख्नु पर्दछ ।
ज्येष्ठशुक्ल पक्षको एकादशीलाई निर्जला भनिन्छ । निर्जलाको शब्दको अर्थ जल अर्थात् पानी रहित भन्ने हुन्छ । यस दिन पानी पनि नपिई व्रत वस्नुपर्ने विधान गरिएको छ ।
वृषस्थे मिथुनस्थे वा शुक्ला ह्येकादशी भवेत् ।
ज्येष्ठमासे प्रयत्नेन सोपोष्या जलवर्जिता ।।
(भविष्योत्तरपुराण, एकादशीमाहात्म्य, ज्येष्ठशुक्ल श्लो १५)
अर्थात् पानी नपिई व्रतबस्नुपर्ने एकादशी भएकाले निर्जला नाम रहन गएको हो ।


कथा
निर्जला एकादशीको व्रतकथा व्यास र महावलि भीमको सम्वादमा आधारित रहेको छ । व्यासजीले माता कन्ती लगायत पण्डडवलाई एकादशीको माहात्म्य वर्णन गर्ने क्रममा आफ्ना आमा कुन्ती एवं दाजुभाई युधिष्ठिर, अर्जुन, नकुल सहदेव द्रौपदीले सधैँ एकादशीको व्रत धारण गर्ने गरेको तर आफ्नो जठराग्निले भोक सहन गर्न नसक्ने भएकाले एकादशीको व्रत धारण गर्न नसकेको कुरा भीमले बताएपछि निर्जला एकादशीको माहात्म्य व्यासजीले उल्लेख गनूभएको छ ।
एकादश्यां निराहारान्नरः पापात् प्रमुच्यते ।
द्रव्यशुद्धिः कलौ नास्ति संस्कारः स्मार्त एव च ।।

अर्थात् एकादशीमा निराहार रहने मुनुष्य नै सबै प्रकारका पापबाट मुक्त हुन्छन् । कलियुगमा द्रव्यशुद्धिका साथै स्मार्त संस्कार पनि नरहने भएकाले एकादशीको व्रत धारण गर्नुपर्दछ । कलियुगमा एकादशीको व्रत नै उत्तम विधि हो ।
अन्य एकादशीमा फलादि खाएर उपासना गर्नुपर्छ । तर निर्जला एकादशीमा भने जल पनि लिनु हुँदैन –
एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि । एकादश्यां सिते पक्षे ज्येष्ठस्योदकवर्जितम् ।।२६।।
तत् फलं समवाप्नोति तच्छृणुष्व वृकोदरः । सर्वतीर्थेषु यत् पुण्यं सर्वदानेषु यत् फलम् ।।२७।।
तत् फलं समवाप्नोति इमां कृत्वा वृकोदरः ।
संवत्सरेण यश्च स्युः शुक्लाः कृष्णा वृकोदरः ।।

सारा तीर्थमा स्नान गरेर जो फल प्राप्त हुन्छ त्यो फल निर्जला एकादशीको व्रत धारण गर्नाले प्राप्त हुन्छ । वर्षभरिको एकादशीमा गरिएको व्रतको फल यही ज्येष्ठ शूक्लपक्षको निर्जला एकादशीव्रतले प्राप्त हुन्छ । त्यसैले हे वृकोदर निर्जला एकादशीको व्रत गर्नुपर्दछ ।
अन्य एकादशीमा व्रत रहन नसके पनि निजृला एकादशीको व्रत धारण गर, जसले वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।
यसपछि वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्र्न सहमत भए । यसैले वर्ष भरका एकादशीहरूको पुण्य लाभ दिने यस एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ ।


व्रतफल

यस दिन व्रती निर्जल व्रत रहेर सज्जन ब्राह्मणलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछन् त्यस्ता व्यक्तिले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग गर्न पाउछन् । यसैगरी
तत् कर्तव्यं नरैस्त्रीभिः श्रद्धा–दमसमन्वितैः ।
जलशायी तु सम्पूज्यो देया धेनुश्च तन्मयी ।।
पलकोटिसुवर्णस्य यामे यामेऽश्नुते फलम् ।
स्नानं दानं जपं होमं यदस्यां कुरुते नरः ।।

जो मनुष्य यस निर्जला एकादशीमा प्रत्येक प्रहरमा स्नान, दान, जप, होम गर्दछन् त्यस्ता जनले करौडौँ पल सुन दान गरेबराबरको फल पनि प्राप्त गर्दछन् ।
उपोषिता च विधिवद्वैष्णवं पदमाप्नुयात् । सुवर्णमन्नं वासांसि यदस्यं सम्प्रदीयते ।।
अर्थात् विधिवत् एकादशीको उपवास बसेर सुन, अन्नादि दान गर्नाले अक्षय पुण्य प्राप्त हुने गर्दछ । उत्तम गतिका निम्ति पनि एकादशीको उपासना गर्नुपर्दछ ।
ब्रह्महत्या, अभक्ष (खानु नहुने कुरा खाएको), नगर्ने कुरा गरेको गुरुद्वेष आदि सम्पूर्ण पाप यस एकादशीको व्रत धारणले नष्ट हुन्छन् भनी यसरी बताइएको छ ।
ज्येष्ठे मासि सिते पक्षे प्राप्यन्ति परमं पदम् ।
ब्रह्महा मद्यपः स्तेनो गुरुद्वेष्टा सदाऽनृती ।।

यस एकादशीको व्रत धारणले परमपद अर्थात् मोक्ष प्राप्त गर्दछन् ।
यसैगरी सय कुलका पाप नष्ट हुने निर्जला एकादशीको महिमा रहेको पाइन्छः
कुलानां च शतं साग्रमनाचाररतां सदा ।
आत्मना सह सन्नीतं वासुदेवस्य मन्दिरम् ।।

यो एकादशीको व्रतधारणले एकसय एक कुललाई पार लगाई वासुदेवमो दिव्य धाम प्रदान गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल