सुदूरपश्चिम प्रदेशमा ४३ हजार ६ सय ६२ जना क्वारेन्टिनमा

Advertisement

डोटी, १९ जेठ । सुदूरपश्चिम प्रदेशमा ४३ हजार ६ सय ६२ जना क्वारेन्टिनमा राखिएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये अधिकांश भारतबाट आएक छन् भने केही जिल्लाकै विभिन्न क्षेत्रबाट आएका छन् ।

मन्त्रालयले आइतबार साँझ जारी गरेको अद्यावधिक तथ्याङ्कअनुसार प्रदेशका नौवटै जिल्लाका एक हजार दुई सय ४७ स्थानमा बनाइएका क्वारेन्टिनस्थलमा पाँच हजार पाँच सय तीन महिला र ३८ हजार एक सय ५९ पुरुष रहेका छन् ।

सबैभन्दा बढी दुई सय ८४ क्वारेन्टिन रहेको कैलालीमा एक हजार आठ सय ४५ महिला र नौ हजार ८ सय ४४ पुरुष गरी ११ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन् ।

डोटी दोस्रो स्थानमा छ । यस जिल्लामा एक सय ६८ स्थानमा रहेका क्वारेन्टिनमा सात हजार ९० जना रहेका छन् । यस्तै, कञ्चनपुरका ९२ क्वारेन्टिनमा ६ हजार चार सय ९०, बैतडीका एक सय ११ स्थानमा पाँच हजार २१ र डडेल्धुराका एक सय २४ क्वारेन्टिनमा तीन हजार आठ सय ११ जना रहेका छन् ।

अछामका एक सय ६६ स्थानमा तीन हजार ६ सय ४५, बाजुराका एक सय २२ क्वारेन्टिनमा तीन हजार एक सय ५१, बझाङका एक सय ३३ क्वारेन्टिनमा एक हजार नौ सय एक र दार्चुलाका ४२ क्वारेन्टिनमा आठ सय ६४ जना रहेका मन्त्रालयद्वारा सार्वजनिक सूचनामा उल्लेख छ ।

सो प्रदेशमा कोरोना संक्रमितको संख्या २६ रहेको छ भने बाजुराका दुई बर्षीया बालिका कोरोनाको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । प्रदेशका विभिन्न अस्पतालमा २७ जनालाई आइसोलेसनमा राखिएको छ ।

आइतबार साँझसम्म ६ हजार दुई सय ९६ मा पिसिआर र २२ हजार तीन सय ६ मा आरडिटी विधिबाट परीक्षण गरिएको छ । ६ सय १६ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल