चट्याङ लागेर धनुषा र महोत्तरीमा दुईको मृत्यु

Advertisement

काठमाडौं, १९ जेठ । चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । सोमवार विहान मेघ गर्जनसंगै खसेको चट्यांग लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजेतिर घाँस काट्न जंगल गएको बेला धनुषाको मिथिला नगरपालिका ७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

यस्तै भैँसी चराउन गोठालो गएको बेला महोत्तरी गाउँपालिका वडा नं. १ का ५५ वर्षका इन्दल यादवको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याककृष्ण अधिकारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल