आज गंगादशहरा, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ ज्येष्ठ १९ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुन महिनाको १ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको दशमी तिथि दिवा १२।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । हस्ता नक्षत्र राति ११।१३ बजेसम्म रहनेछन् । यसैगरी सिद्धि योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५४ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।


आज गंगादशहरा हो । ज्येष्ठा शुक्लपक्षको दशमी तिथि हस्ता नक्षत्र आदि दश योग परेको समयलाई गंगादशहरा भनिन्छ । आज गंगास्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मशास्त्रीय मान्यता रहेको छ । यसैगरी आज गंगा स्मरण गरेर स्नान गर्नाले पनि पापबाट निवृत्ति प्राप्त हुने गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल