कार्यमा सिद्धि कसरी प्राप्त हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

यथा यथा हि पुरुषः कल्याणे कुरुते मनः ।
तथा तथाऽस्य सर्वार्थाः सिद्ध्यन्ते नात्र संशयः ।। –विदूर नीति, ३।४२

मानिसले जति जति शुभ कार्र्यमा मन लगाउँछन् त्यति त्यति नै इच्छामा पनि परिपूर्णता प्राप्त हुँदै जान्छ । शुभ कार्र्यमा मन लगाउनाले कार्यमा सिद्धि हुन्छ । यसमा कुनै सन्देह छैन ।

हामी जति अरुको हित सोच्न सक्दछौँ त्यति नै हाम्रो पनि कल्याण निश्चित रहन्छ । कार्यसिद्धिका निम्ति हामी जति अरुलाई दुःख दिन्छौँ त्यति नै हाम्रा कार्र्यमा पनि विघ्न बाधा आइरहेका हुन्छन् । सर्वजनहितायको भाव जबसम्म हम्रा मनमा रहँदैन तबसम्म कार्र्यमा सिद्धि असम्भव रहन्छ । अरुलाई दुःख दिएर आफ्नो स्वार्थ सिद्धि गर्ने प्रवृत्तिले केवल अवनति मात्र हुन्छ । यसैले हामी सदा समदर्शी बन्न सक्नु पर्दछ । अरुको कलयण हुने कार्र्य गर्नुपर्दछ । यसले सबैको कल्याण निश्चित छ । आफ्नो मात्र स्वार्थलाई हेरेर गरएको कार्र्र्यले सिद्धि प्राप्त हुन सक्दैन । अतः कार्यमा सफलताका निम्ति समदर्शी हुनुपर्दछ आफू समान अरुलाई पनि देख्न सक्नुपर्दछ भन्ने आजको नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल