आज आइतवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ ज्येष्ठ १८ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ३१ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको नवमी तिथि दिवा २।५० बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र राति १२।५२ बजेसम्म रहनेछन् । यसैगरी वज्र योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।११ मा छ भने सूर्यास्त बेलुका ६।५३ बजे हुनेछ । चन्द्रमा आज बिहान ८।४ बजेसम्म सिंह राशिमा र सोपश्चात् कन्या राशिमा रहनेछन् ।
आज आइतवार सूर्य भगवान्को उपासनाका साथै आदित्यहृदयस्तोत्र पाठ लाभदायी रहनेछ ।
यसैगरी प्रातः कालमा सूर्यलाई अर्घ प्रदान गर्नाले सूर्यजन्य दोष निवारण हुनेछन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल