गर्भाशयको संतुष्टि

Advertisement

समान अवस्था,समान स्थान,समान परीवेस,समान स्तर या भनौ सबै कुरामा समान, सबै दृष्टिकोण बाट समान हुदा हुँदै पनि नारी भएकै कारण बाट पछि पारीएका र पछी पर्नु परेका धेरै अवस्थाहरु सलबलाउँछन मेरो मन मस्तिस्कमा । मैले भोगेको छु, देखेको छु, सुनेको छु, नारी भएकै कारण एउटा पुरुष ले नारी माथी गर्ने ब्यवहार,समाज,संस्कार र राज्यले गरेका विभेदहरु । पितृसतात्मक समाजका सोच,संस्कार यहाँ सम्म की सिक्षित पारीवारीक अवस्था र सिक्षित मानसपटलहरुले पनि पुरुष बर्गलाई महत्व दिदै गर्दा समेत म आफुलाइ नारी हुनुमा गर्भ गर्दछु र भन्दछु यदी जन्म हुन्छ फेरी भने मलाई हरेक जन्ममा नारी हुने सौभाग्य मिलोस ।

चार बर्षको थिए म जब मैले सुनेको थिए भन्नुभएको थियो हजुरआमाले ए छोरो पो रहेछ, दिन नपुगी जम्मिएको हुनाले बाँचेन,दुई दुई वटि छोरी पछि बल्ल बल्ल जन्मिएको छोरो तर बाँचेन । तेती खेरको मेरो सानो मस्तिस्कले केबल यतिमात्र सोच्यो कि के हुन्छ होला छोरामा जुन दिदि र म मा छैन । पहिला त म पनि खुसी थिए किनकि आमाले भाइ पाउनु भयो भने तिहारमा टिका लगाउन पाईन्छ, तर तेस दिनको छोरा प्रतिको फरक संबादले मेरो मनमा एउटा कौतुहलतालाइ बढायो कि बास्तबमा नै के हुन्छ होला छोरा मान्छेमा जुन नजन्मदा नै एति महत्व ।

अब घरमा अरु परिवारलाई भन्दा मलाई पो धेरै पर्खाई हुन थाल्यो कि आमाले कहिले भाई पाउनु हुन्छ होला, अनि म थाहा पाउँछु के फरक रहेछ छोरा र म मा । हुनत घरमा हजुरआमाको प्यारी थिए म, तेसैले कहिले सोधिन मनका कुराहरु किनकि मनमा डाहपो थियो मेरि प्यारी हजुरआमाले मलाइ भन्दा धेरै माया फेरि जन्मने छोरा मान्छेलाई गर्नु हुन्छ कि जुन मान्छे म भन्दा केहि फरक छ होला र त त्यो दिन हजुरआमाको कुराले त्यो नबाँचेको भाई माथि पनी मलाई ईष्र्या लागेको थियो ।

चार बर्ष पछिको लामो पर्खाइ पछि आमाले भाई पाउनु भयो,भाइ जन्मदा म आठ बर्षको थिए तर मेरो मनको जिज्ञासा र इष्र्या यथावत थियो । घरमा सबै खुसी हुनुहन्थ्यो तर म उति खुसी थिईन तिहारमा टिका लगाउन पाउने भाइ जन्मदा पनी । मनमा ईष्र्या थियो अब घरमा सबैले भाइलाइ नै माया गर्नु हुन्छ र हजुरआमाले पनी । तेसैले म भाइमा र आफुमा भएको फरक पत्ता लगाएर भाइ जस्तै भएर सबैको प्यारी नै हुन चाहन्थे। यहि चाहले मलाइ भाइ हेर्न मन लागेको थियो,खुसी त म पटक्कै थिइन।

तर भाईलाइ एघार दिन सम्म छुन नहुने रहेछ, छुन पाईन पर बाट हेरेर मेरो मनको कौतुहलता मेटिएन, अब फेरी कुर्न पर्ने भयो एघार दिन सम्म । साँच्चै लाग्यो सबैले भाइलाइनै मायाँ गर्नुभकोछ् झै,मलाई त्यो एघार दिन कहिले बित्ला झै भयो । दिउँसो म स्कुल जान्थे तर मन घर मा भाई भएको ठाउँमा हुन्थ्यो ,मायाँले हैन इष्र्याले । तेस बेलाका धेरै कुरा छैनन् अहिले स्मरणमा तर भाई जन्मदा भएको त्यो ईष्र्या भने अझै ताजै छ मनमा ।

बल्ल बल्ल बित्यो त्यो दश दिन अब थाहा पाउने भए मैले भाई र म मा के फरक रहेछ । भोलि बिहान त चाँडै उठ्नु छ अनी थाहा पाउनु छ भनेर म सझ मै निदाइ दिए बेलुकीको खानाको पर्खाइ नै नगरी । आमाले भन्नु हुन्थ्यो म निन्द्रामा पनी खान्थे अरे खाना,अरु बेलामा पनी चाँडै निदाए भने,सायद त्यो दिन पनि खाएहोला निन्द्रामै तेसै ले त भोक थिएन भोलिपल्ट बिहान उठ्दा । बिहान उठेर आँखा मिच्दै म आमाको छेउमा पुगे भाइ छुन तर फेरि छुन पाईन किनकि एघार दिन हुदैमा कहाँ हुँदोरहेछ र न्वारान सकेपछि मात्रै पो छुन पाइने रहेछ । फेरि मेरो कुराइका पलहरु सरे फेरि कुर्नु पर्ने भयो केहि घन्टा, त्यो दिन म स्कुल गईन किनकि केहि छिनको पर्खाइ पछि मैले भाई छुन पाउने छु र भाइ र आफुमा भएको फरक थाहा पाई त्यो फरक लाइ उस्तै बनाइ म पनी भाइ समान हुनेछु अनी मेरी हजुरआमाले मलाइ पहिला जतिनै मायाँ गर्नु हुनेछ ।

अन्तत मेरो प्रतिक्षाको घडी सकियो भाइलाइ छुन पाए मैले तर भाइको भोटो खोलेर हेर्न पाइन छुँदानै डर लाग्यो मलाइ कतै दुख्छकी भाइलाइ भनेर अनी तिहारमा टिकालगाउन पाउने भाइको बल्ल पो मायाँ लाग्यो मनमा भएका इष्र्या सबै सिद्दिएछन पत्तो नै नपाइ तर मनको कौलुहलता भने बाँकि नै थियो म मा भन्दा के छ फरक भाइमा भनेर ।

एकदिन बिहान थाहापाय आज भाइलाइ नुहाइदिनुहुन्छ अरे आमाले भनेर तर कति खेर भनेर मलाइ जान्नु थियो, सोधे आमालाइ ,

मः आमा आज भाइलाइ नुहाइदिने हो र ?
आमाः हो
मः कति खेर?
आमाः किन चाहियो
मः भन्नु न रु
आमा : दिउसो
म : अहिले नुहाइ दिनुन ?
आमा :हुन्न बिहानै छ
म :किन बिहान नुहाउन हुन्न र?
आमा : हुन्न क्या
म : किन हुन्न ?
आमा स् चिसो लाग्छ भाइलाइ
म : केहि बुझे जस्तो गर्दै उसो भए कति खेर तरु
आमा : किन चाहियो तलाइ जा उता कति कर कर गरेर बसेकि
म :भन्नु नत अनि मात्रै जान्छु १
आमा :दिउसो घाम लागे पछि।।
म : बुझे झै गर्दै हस !बुरुक्क उफ्रदै आफ्ना दुबै खुट्टा उफार्दै कुदे

म दङग थिए ! आज म थाहा पाउँछु के रहेछ भाइ र म मा फरक,हुनत अचेल खासै चिन्ता थिएन मलाइ भाइ जन्मे पछि पनि आमा हजुरआमा को मायाँमा फरक परेको जस्तो लाग्न छाडेको थियो मलाइ, मलाइ गर्ने मायाँ उतिनै थियो । तर पनि मलाइ भाइको र मेरो फरक भने जान्नु थियो किनकि सुनेको थिए मैले एउटा शब्द हजुरआमाकै मुख बाट छोरा भनेको छोरा नै हो । तेसैले मलाइ पनि छोरा बन्नु थियो ।

आज मलाइ भाइ नुहाएको हेर्नु थियो तेसैले स्कुल जानु थिएन,हजुरआमाले खाना खान बोलाउनु भएपछी अ‍ैया भन्दै रुन थाले हजुरआमाले के भयो भन्नु भयो ,दुख्दै नदुखेको पेट समाइ समाइ रुन लागे अनी हजुरआमाले तातो पानि दिनुभयो र यो खाएर सुत भन्नु भयो,म हतार हतार पानी खाएर अली कम भो भन्दै सुते र मन मनै सोचे आज त स्कुल जान परेन हुर्रे । साँचैे निदाएछु फेरि अजुरआमाले बोलाउनु भयो खाना खान अनी खोध्नु भयो कम भयो मैले आँखा मिच्दै उत्तर दिए बिसेक भयो । पक्का भयो स्कुल जानु पर्ने थिएन किनकि दिदि त स्कुल गै सक्नुभएको थियो ।

आज म जता जता आमा जानुहुन्छ उतै उतै पछि लाग्दै थिए कारण थियो भाइलाइ नुहाउने समएको पर्खाइ । बल्ल आमाले भाइ नुहाउने मेलो ल्याउनु भयो,अहिले जस्तो नुहाउने साबुन थियो कि थिएन याद छैन मलाइ याद छ त केबल तातो पानी अनी भाइ,आमाले भाइको सबै लुगा खोलीदिनुभयो म हेरि रहेकी थिए आखिर यती लामो समयको पर्खाइ पछि मेरो मनको जिज्ञासा मेटीने समय थियो त्यो, म हेरी रहे आमाको छेउमा बसेर ।

हो आज मैले देखे भाइ र म मा के फरक थियो तर खासै बुजिन,फरक थियो तर खासै धेरै त हैन जस्तो लाग्यो अनी सोधे आमालाइ आमा यो के हो आमाले भन्नुभयो छोरा मान्छे को येस्तै हुन्छ धेरै प्रश्न नगर अनी एकै चोटी भन्नुभयो तिमि सानी छौ बुज्दिनौ ठुलो भएपछि आफै बुज्छ्यौ । अनी सोधिन पनी कसैलाइ आफुले नबुजेका कुरा मनमै राखे ठुली भएपछी बुज्छु अरे भनेर ।

सायद म ठुलि भएछु क्यार आमाले भन्नु भएजती, म केहि कुरा बुज्ने भएकि छु तर कति बुझे थाहा पाइन । तर म बुज्ने भएकि छु मेरो मनले सोचे जस्तो खासै केहि फरक त रहेनछ नारी र पुरुषमा मात्र हाम्रो समाज र संकारको विकृति फस्टायको रहेछ हाम्रो मन मस्तिस्कमा । एउटा पुरुषले गर्न सक्ने र एउटा नारीले गर्न नसक्ने कुनै काम त देखिन मैले केबल देखे पुरुषमा एक मनोबल भित्त्राइएको रहेछ जन्मजात नै कि पुरुष नारी भन्दा सक्षम छ तर कुन क्षेत्रमा र कति खुलाईएको छैन,किन सक्षम छ भनिएको छैन नारीको सहनसिलताको आडमा नारी माथि नै शोषण गर्ने प्रथाको स्थापना गरीएको रहेछ । एति कुरा बुझने भएछु म ।

आज फेरि अर्को कुरा पनि बुझे मैले नारीमा पुरुषमा भन्दा थप केहि रहेछ प्राकृतिक रुपमानै । एक अलौकिक शक्ति जुन प्रकृतिले नारीलाई मात्रै दिएको रहेछ ।

पुरुषको शरिरमा भएका हर एक अंग छ नारी संग तर नारीको शरिरमा भएको गर्भासय छैन पुरुष संग, तेसैले आज म धेरै खुसि थिए आफै संग र कृतज्ञ थिए प्रकृति संग ।

गर्भवति थिए म, मनमा उमङ्ग थियो, अनि हर्षित पनी थिए । मेरो गर्भको भ्रुणमा पुर्ण अधिकार र सहकार्य थियो उनको तर मैले अनुभव गरेको अनुभुति थिएन उनिसङ्ग,मेरो आत्मामा भएको जस्तो आत्मा सन्तुस्टी थिएन उनी संग,मेरो गर्भमा भएको हलचलमा सलबलायको मातृत्वको स्नेह थिएन उनिसङ्ग, आफ्नै गर्भ सङ्गको आगाध प्रेम थिएन उनि संग । तसैले त म उनलाइ बिचलीत पाउँदथे मेरो सामु, उनलाइ खुसी हुनकोलागी मेरै सेरोफेरो निहार्नु पर्दथ्यो तर म आफैमा गदगद थिए ।

त्यो प्रसव पिडाको हार्दिकताका साथ पर्खाइ थियो मलाइ,त्यो अनुभव सङ्गै असिम धन्यवाद दिनुथियो प्रकृतिलाई,मेरो पर्खाइको त्यो पल ताजा छ मस्तिस्कमा, प्राण संग बाजी लगाएर जन्माएको पुरुष संग हार्दिकता र आगाध प्रेम छ मेरो,तिम्रो आत्मा संग जोडिएको एक तरंग छ म संग, म आमा हु तिम्रो एक गर्भासय छ म संग ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल