कस्ता व्यक्तिलाई गुणातीत भनिन्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः सा उच्यते ।।
–गीता

जो मान र अपमान एउटै संझिन्छ, जो शुत्रु र मित्रमा भेद देख्दैन, जो व्यक्ति अभिमान रहित हुन्छ त्यसैलाई गुणतीत भनिन्छ ।

राग,द्वेष, मद,मोह,मात्सर्य आदि भेदभाव रहित रहनु नै गुणातीत हुनु हो । गुणतीत भनेको सत्व, रज र तम गुणबाट भिन्न रहनु हो । भगवान्ले अर्जुनलाई गुणातीत बन्न आग्रह गर्नु भएको छ । जहाँ आफ्नो र अर्काको भन्ने भेद भाव रहँदैन त्यहाँ मात्र समभाव रहन्छ । त्यही नै गुणातीत हो । समभाव राख्न सक्ने नै गुणातीत हुन सक्छन् । यो नै मानवको असली मार्ग हो भन्ने गीताको नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल