आज अष्टमीव्रत, वायुअष्टमी पनि हेर्नुहोस् २०७७ ज्येष्ठ १७ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ३० तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको अष्टमी तिथि बेलुका ५।८ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र राति २।२६ बजेसम्म रहनेछन् । यसैगरी हर्षण योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।११ मा छ भने सूर्यास्त बेलुका ६।५३ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा छन् ।


आज अष्टमीव्रत हो । अष्टममिा दुर्गा भगवतीको उपासना लाभदायी रहने गर्दछ । यसैगरी आज वायुअष्टमी तिथि पनि हो । ज्येष्ठ शुक्ल अष्टमीलाई वायु अष्टमी भनिन्छ । यसैले वायु देवताको उपासना आज शुभ फलदायी रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल