आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ ज्येष्ठ १६ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको २९ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको सप्तमी तिथि बेलुका ७।१४ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मघा नक्षत्र राति ३।५० बजेसम्म रहनेछन् । यसैगरी व्याघात योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।११ मा छ भने सूर्यास्त बेलुका ६।५२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा छन् ।
आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना लाभलायी रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल