नायिका वर्षा राउतलाई नेपाली भूमिभन्दा भारतीय साथीहरुको चिन्ता

Advertisement

काठमाडौं । नेपालली भुमिको भारतले अतिक्रमण गरेको विषयबारे सडकदेखी सदनसम्म बहस चलिरहेका बेला नयिका वर्षा राउतको एउटा विवादस्पद भिडियो क्लिप सार्वजनिक भएको छ । देशको सिमानाजस्तो महत्वपूर्ण तथा अति संवेदनशिल विषयमा उनले गरेको टिप्पणीको सामजिक सञ्जालमा निकै बिरोध भैरहेको छ ।

आफ्नो शक्तिका भरमा नेपाली भूमिबाट सडक बनाई लिपुलेकतर्फ जाने बाटोको औपचारिक उद्घाटन गरेपछि त यो विषयले सम्पूर्ण नेपाली जनतालाई आक्रोशित बनाइरहेको छ । तर उक्त भिडयो क्लिकमा उनले दुबै देशतर्फको मिडियाको कारण समस्या उत्पन्न भएको तर्फ संकेत गर्दै भनेकि छिन , ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’ ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

उनले नेपाली मिडियाले गर्दै नगरेको कुरालाई समेत भारतीय मिडियासँगै दाँजेकि छिन् ।
यसअघि महानायक राजेश हमाल लगायत अन्य नेपाली कलाकारहरुले नेपाली भुमी अतिक्रमण गर्ने अधिकार भारतलाई नभएको बताउँदै आएका छन् । बलिउड नायिका समेत रहेकी मनिषा कोइरालो राष्ट्रियताको विषयमा नेपालको समर्थन गरेको समयमा बर्षाको यो अभिब्यक्ति स्तरहिन रहेको देखिन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल