विद्युतीय शवदाह गृह आजदेखि पुनः सञ्चालनमा

Advertisement

काठमाडौं । पशुपतिस्थित नेपालको एक मात्र विद्युतीय शवदाह गृह आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि प्राविधिक समस्या आएको भन्दै बन्द गरिएको थियो ।

शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले निर्मलीकरण प्रक्रिया पूरा भएको हुँदा आइतबारदेखि पुनः चालू गरिने जानकारी दिएका हुन् ।

विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको शव दाह गृह अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको उनले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल