विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुग्यो

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले शनिवार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा १८ जना नेपालीको निधन भएको छ । त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखी ९० वर्ष उमेर समूहमा सबै भन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् । ४० वर्ष भन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन् ।

संयोजक डा।सापकोटाका अनुसार नेपाल सहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए । अत्याधिक कोरोना प्रभावित देशहरु मध्य वेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल