नेकपामा बल्झिँदै एमसिसी

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विवाद बढेको छ। आगामी आर्थिक वर्षको बजेट, एमसिसीलगायत विषयमा छलफल गर्न शनिबार बोलाइएको सचिवालय बैठकमा एमसिसी जस्ताको तस्तै संसद्बाट पारित गर्ने विषयमा सहमति बन्न सकेन।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारको बैठक अनौपचारिक भएको बताए। ‘बैठक अनौपचारिक छलफल मात्रै हो, एमसिसी, बजेटलगायत विषयमा छलफल भएको छ,’ पार्टी प्रवक्ता श्रेष्ठले भने,‘ एमसिसीका विषयमा कार्यदलमा रहेका साथीहरुले आफ्नो धारणा राख्नुभएको छ।’

अनौपचारिक भनिएको बैठकमा पार्टीले एमसिसी अध्ययन गर्न बनाएको कार्यदलका संयोजकसमेत रहेका खनाल र सदस्य रावलले अमेरिकी सैन्य रणनीतिअन्तर्गतको परियोजना भएकाले यसलाई जस्ताका तस्तै संसद्बाट पास गर्न नहुने धारणा राखेका थिए।

पार्टीभित्र एमसिसीको चर्को विरोध भैरहेको छ। सरकार संसद्बाट एमसिसी पास गर्ने रणनीतिमा छ। शनिबारको बैठकमा पनि एमसिसी यथास्थितिमा पास गर्न हुन्न भन्ने मत बलियो देखिए पनि प्रधानमन्त्री ओली उपस्थित नभएपछि कुनै निर्णय भएन। बिसन्चो भएर आराम गर्नुपरेको भन्दै प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएको स्रोतले बतायो। नागरिक दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल