स्पेनिस ला लिगा सञ्चालनको अनुमती

Advertisement

काठमाडौं । कोरोना भाइरसको महामारीले रोकिएको स्पेनिस ला लिगाका खेलहरु आउँदो जुन ८ पछि सञ्चालन गर्न स्पेनिस सरकारले अनुमती दिएको छ ।

स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले लिगका खेलहरु बन्द रंगशालामा आउँदो जुन ८ देखि सुरु गर्न अनुमती दिएका हुन् ।

ला लिगाका अध्यक्ष जाविएर तेबासले जुन १२ देखि शीर्ष लिगका खेलहरु सुरु हुने अपेक्षा रहेको बताएका छन् ।

कोरोनाको महामारीपछि गत मार्चबाट रोकिएका खेलहरू सुरू हुने संकेत देखिएसँगै ला लिगामा आवद्ध क्लबका खेलाडीहरू केही दिनदेखि प्रशिक्षण गरिरहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल