भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार नाघ्यो

Advertisement

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४२३ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल