जातीय विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउ – पूर्वमन्त्री बोहरा

Advertisement

काठमाडाैं, १० जेठ । पूर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले जातीय विभेद गर्ने खालका कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । एउटा टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको भनि आलोचना भइरहेका बेला नेता बोहराले त्यसलाई खेदजनक रहेको बताएका हुन् ।

उनले भनेका छन्, – ‘हरेक बर्गको आफ्नो स्वाभिमान हुन्छ । जातीय विभेद संबिधानले समेत वर्जित गरेको छ। जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल