लक्ष्मी आयल स्टोर्स मन्थलीलाई प्रशासनको शिल

Advertisement

रामेछाप । मन्थलीमा रहेको लक्ष्मी आएल स्टोर्सलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । विहिबार साँझ प्रशासकिय अधिकृत भाष्कर दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको जिल्ला अनुगमन टोलीले उक्त स्टोर्सलाई सिल गरेको हो ।
उक्त आयल स्टोर्सले मिसाबट युक्त पेटोल विक्रि गरिरहेको र काउण्टर संचालकको ब्यवहार पनि पारदर्शि नहुने गरि काम हुने गरेको लगायतका सूचनाका आधारमा उक्त पेटोलपम्पमा सिल गरिएको जानकारी प्रशासनले गराएको छ । यस अघिका दिनमा पनि बेला बेलामा ग्राहकहरुबाट विभिन्न गुनासा आउने गरेको उक्त पेटोलपम्पले केहि दिन अघि देखी मिसावटयुक्त पेटोल विक्रि गर्दे आएको र उक्त पेटोलले मोटर साईकलनै नचल्ने भएपछि उपभोक्ताहरुले धमाधमा आफुले लगेको पेटोल ल्याएर पम्पमा जिम्मा लगाएका थिए ।


त्यस बाहेक उक्त पम्पले जहाजहरुका लागि मात्र प्रयोगमा ल्याईने हबाई इन्धन मन्थली एरपोर्टमा रहेको आएल निगमको डिपोका कर्मचारीहरुकोे मिलेमतोमा न्युन मुल्यमा ल्याएर मिसावट गर्नै गरेको पनि स्थानियहरुले दावि गरेका छन् ।
हालेको पेटोलले मोटर साईकल चल्न छाडपछि आफुहरुले सबै तेल ल्याएर पम्पमानै जिम्मा लगाएको रामेछाप ८ का गोविन्द बहादुर कार्किले बताए । अनुगमनकै क्रममा पम्पमा आईपुगेको उनि र उनको टोलील्ो सवै तेल फीर्ता गरेका थिए । मिसावटयुक्त पेटोलका बारेमा अनुगमन टोलीले अमलेखगन्ज डिपोमा पनि सम्पर्क गरेको र डिपोले मिसावटमा डिपोको कुनै पनि हात नभएको र समस्या ट्याँकर या स्थानिय स्तरमानै भएको हुन सक्ने जानकारी दिएको थियो ।
अनुगमनका क्रममा पम्पको परिक्षण गर्न खोज्दा पम्को नोजल जाम भएर नचलेपछि टोलीले पम्पको मुचुल्का गरि उपभोक्ताहरुले फिर्ता गरेको २ जम्बो पेटोलको नमुना परिक्षणको लागि लिएर गएको थियो । सिल गरेकोले प्रशासनले छानविन गरि अनुसन्धानको दायरालाई फराकिलो बनाएर समस्याको पहिचान गर्नै प्रशासकिय अधिकृत भाष्कर दाहालले बताए ।

तर अनुगमनका क्रममा काउण्टर संचालक गोमा कार्किले भने यसमा आफुहरुको कुनै पनि दोष नरहेको बताईन् । उनले मिसावट देखिएको हो तर के गरि मिसावट भयो भन्ने कुरा आफुलाई कुनै जानकारी छैन् । जसका कारण आफुहरुले ठुलो मात्राम विक्रि गरेको ईन्धन समेत झिकाई सकेको उनको भनाई रहेको छ । उक्त पेटोल पम्प रामेछाप उद्योग बाणिज्य संघ अध्यक्ष केशव घिमिरेको भएको र अनुगमन टोली पुग्दा उनि भने पम्पमा थिएनन् । तर टोलीले उनलाई पनि जानकारी भने गराएर मात्र पम्प शिल गरेको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल