रामेछापका कोरोना संक्रमितका परिवार १५ जनाको स्वाब नेगेटिभ

Advertisement

रामेछाप । मंगलबार कोरोना संक्रमीत पुष्टि भएका खाँडादेवी १ राकाथुमका संक्रमितको परिवारका १५ जनाको स्वाब परिक्षणको रिपोट नेगेटिभ आएको छ । विहिबार साँझ टेकु अस्पतालबाट प्राप्त रिपोटका आधारमा जिल्ला स्वास्थ कार्यालयले जानकारी गराए अनुसार सवै १५ जनाको स्वाबको रिपोट नेगेटिभ आएको हो ।


खबर पाउनासाथ रातिनै राकाथुममा पुगेको चिकित्सकहरुको टोलीले सवैको स्वाबको परिक्षणका लागि टेकु पठाएको थियो । पहिलो पटक कोरोना संक्रमित भेटिएपछि रामेछापमा देखापरेको त्रासलाई उक्त रिपोटले निकै राहतको अनुभुति गराएको छ । स्वाबको रिपोट नेगेटिभ देखिएपनि उनिहरु सबैलाई १४ दिन सम्म चिकित्सकिए सेवा सहित क्वारेन्टीनमा राखिने जिल्ला स्वास्थ कार्यालयका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

हाल टेकु अस्पतालमा उपचार गराई रहेका ति संक्रमित लाई कहिले र कहाँबाट संक्रमण भयो भन्ने कुरा अहिले सम्म पत्ता लाग्न सकेको छैन् । त्यसको लागि उनिको मुख्य घर र उनि वस्दै आएको काठमाडौको डेरा क्षेत्रलाई समेत सिल गरी आफन्त र साथि संगिहरु संग आवश्यक सूचना लिने काम भईरहेको पनि प्रमुख कर्णले बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल