तत्काल कोरोना भाईरस नियन्त्रण गर्न सकिदैन : डब्ल्यूएचओ

Advertisement

काठमाडौं । कोरोना भाईरसको संक्रमण तत्काल नियन्त्रणमा ल्याउन नसक्ने विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ । कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको संगठनको दाबी छ ।
विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।
२४ घण्टामा विश्वका एक लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले चेतावनी दिएका छन् ।
टेडरोजले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा विशेष चासो व्यक्त गरेका छन् ।
विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल