अधिकृतको कमाइ २६ करोड !

Advertisement

काठमाडौं । खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरेको खुलेको हो । अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले अर्याल तथा उनकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल, छोराहरू सुशील तथा सुनील अर्यालको नाममा विभिन्न स्थानमा रहेका सबै सम्पत्ति जफत गर्न विशेष अदालतसमक्ष माग गरेको छ ।

अर्यालले विभिन्न समयमा गैरकानुनी रूपमा करोडौं सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेकाले अकूत सम्पत्ति आर्जनमा छानबिनको माग गर्दै उजुरी परेपछि उनको सम्पत्तिमाथि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनका क्रममा अर्याल खरिदार, सुब्बा हुँदै अधिकृत हुँदा काठमाडांैको साविक भीमढुंगा गाविसलगायत टोखा नगरपालिकाका कार्यालयमा मात्रै बसेर विभिन्न गैरकानुनी कार्य गर्दै भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ । उनले पद दुरुपयोग गरी आफैं कार्यरत रहेका गाउँपालिका तथा नगरपालिकामा रहेका जग्गासमेत आफ्नो र परिवारको नाममा बनाएको तथ्यसमेत खुलेको अख्तियारले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल