“सरकार कहाँ र किन चुक्यो ?”

Advertisement


विश्व कोरोना भाईरसले कब्जा गरेको छ । सानो अदृश्य भाईरसका कारण चेतनशील मानव जाति माथि धाबा बोलिरहेछ, विज्ञान हारिरहेछ, अरबौ डलर खर्चेर सञ्चित गरिएका हात हतियारहरू खिया लागिरहेछन्। मार्न त मान्छे नै मार्नका लागि बनाएका हुन नि यी हतियार र मिसाईलहरू! फेरि किन अत्तालिरहेछन् त मान्छे नै मृत्युको भयले? मनमा कस्तो वाहियात कुरो खेल्ने भन्या !

आफ्नो स्वार्थपुर्तिका लागि निहत्था जनतालाई मारेर साँढे जस्तै डुक्रिरहने शासक प्रति जति खेद प्रकट गर्दा पनि कमै हुन्छ, तर यो कोराना भाईरस यसरी आयो कि राजा र रङ्क उँचनीच सबैका लागि विभेद रहित भएर! कति बेला त लाग्छ यो भाईरसलाई धन्यवाद भनौ, सलाम गरौ ! खै के के गरौ गरौ! न देशको सीमाले छेक्यो न बारले, न यस्लाई भिसा चाहियो न अनुमति! मनमौजी पाराले विश्व भ्रमण गरिरहेछ, सम्बन्धित देशकै खर्चमा! खै यस्लाई समाजवादी भनौं वा विस्तारवादी ?

विश्व हल्लाउने अमेरिकालाई त्राहिमाम पारिरहेछ, बेलायती प्रधानमन्त्रीलाई नै समात्यो !शासकहरूमा चेत आउनु पर्ने हो, ! खै आएको देखिएन। हाम्रोमा त ज्यान जोगाउनु भन्दा कुर्सी जोगाउने र हडप्ने तिर लागे। सत्तामा पुगेपछि कंस जसरी अजम्बरी बन्ने प्रयत्न मात्रै गरिरहे, सबै पार्टिको शासन भोगिसकेका जनता सरकार परिवर्तनले केही हुन्छ भन्ने आशा राख्दैनन्, तर उनीहरूको आ(आफ्नै स्वार्थपूर्तिका लागि सत्ता परिवर्तनको खेल खेलिरहेछन् निर्लज्ज भएर।

अनि उनका हनुमानहरू हिजो गिरिजाले यसो गर्यो शेरबहादुरले यसो गर्यो हामीले किन गर्न नहुने? आफूले गरेका प्रत्येक कमजोरीलाई अघिल्ला कमजोरीको नजीर लाएर चोख्याउन खोज्दैछन्। अघिल्ला गल्ती र कमिकमजोरी सच्याउन दुईतिहाईको सरकार बनेको हो कि उनीहरू भन्दा धेरै गल्ती गर्न बनेको हो, अलमलमा छन् आम जनता। किन भुल्दैछ जनता पार्टि भन्दा माथि उठ्दैछन् भन्ने कुरारु अब जसले राम्रो काम गर्छ उसैले मात्रै मत पाउँछ भन्ने कुरा?

कोरोना भाईरस माहामारी सरकारका लागि एउटा अवसर पनि हुन्थ्यो जनताको मन र मस्तिष्कमा बस्नका लागि, समाजमा फैलँदै गरेका विकृति विरुद्ध कदम चाल्नका लागि!

क :कोरोना भाईरस रोकथामका लागि सडकमा हिँडेका मान्छेलाई नाङ्गेझार पार्नु भन्दा मनोसामाजिक तरीकाबाट सम्झाउने, सचेत गराउने, तपाईंहरूको स्वास्थ्य नै तपाईं(हाम्रो सम्पत्ति हो भन्दै थोरै मात्र सहानुभूति प्रकट गर्दा के हुन्थ्यो ?

ख :पञ्चायत कालमा मरिचमान प्रधानमन्त्री हुँदा ५१ जना भन्दा बढी जन्ती जान नपाउने नियम बनाएका थिए, त्यो अझसम्म लागू हुन सकेको थिएन( कोरोना भाईरसका कारण त्यो संख्या घटेर पाँच जनामा झर्यो। विवाह भएकै छन्( हुनेले त जतिसुकै खर्च गरून् तर मध्यमवर्गीय परिवार एउटा विवाह जेनतेन सम्पन्न गरेपछि वर्षौसम्म ऋणमा डुब्नु पर्ने समस्याको अन्त्य हुन्थ्यो, यो पीडित समूह सरकार कै साथमा हुन्थ्यो जुन सबैभन्दा ठूलो सम्पत्ति हुन्हुन्थ्यो

ग : छोरा र छोरी बराबरी हुन् बाबू आमाको नजरमा। हुँदा आफ्ना छोरीलाई जति दिंदा पनि हुन्छ तर दाईजोका नाममा छोरीचेलीहरू मारिरहनु कति जायज होरु यही बेला थियो दाईजो प्रथाको अन्त्य गर्ने र बाबू आमाको सम्पत्ति माथि जस्ले उनीहरूको हेरचाह गर्छ उसैले पाउने कानुन बनाए बुढेसकालमा वृद्धाश्रम जानू पर्ने थिएन। अंश लिएर बाबु आमालाई अपहेलना गर्ने छोरा र सधैं छोरालाई ब्ल्यान्कचेक जसरी प्रयोग गरिरहने बाबुआमा दुबै प्रति न्याय गर्न सकिन्थ्यो। छोरीहरू दाईजोका कारण मर्ने थिएनन्। यसो गर्दा महिलाहरूको ठुलो संख्या सरकारकै पक्षमा उभिन्थ्यो।

घ: देशका कलकारखाना बन्द गराएर युवाहरूलाई विदेशीको गुलाम बनाउने नाममा वैदेशिक रोजगारीमा कस्ले धेरै पठाउने भन्ने होड चलायौ, कति मूर्ख भएका थियौरु कोरोना भाईरसले ती हाम्रा युवालाई आफ्नै देशमा फर्काउँदैछ( तिनका लागि रोजगार दिन सकिएन भने ती त अल्छीमान्छेले पालेको भूत जस्तै हुन् ‘ कि काम दे नत्र तैंलाई खान्छु ‘ भन्छन्। तिनलाई कृषि र विकासका काममा खटाउने योजना बनायो भने देश पनि उठ्छ, यहाँहरू पनि रहनु हुन्छ ।

ङ : मर्दाका मलामी जीउँदाका जन्ती भन्ने उखान पनि कोरोनाले गलत साबित गरिदियो यसैले अहिले कार्यकर्ता र सामाजिक अभियन्ताको काम मलामी र जन्ती जानू मात्रै भएकोछ। यसले समयको नाश र परिवारमा बोझ मात्रै थपिएको छ, यिनलाई रोक्ने सही समय यही हो!

च:नेपाली जनता साँच्चै कमलो मनका छन् । दुःख पर्दा सहयोग गर्न सधैं तम्तयार । यहाँलाई परेको बेलामा भनेको बेलामा प्रधानमन्त्री राहत कोषमा खुत्रु खुत्रु पैसो राख्दिरहन्छन्, त्यो पैसा तपाईंले कहाँ के मा खर्च गर्नु हुन्छ हिसाब किताब पनि माग्दैनन्। यहाँले एकपटक पाँच केजी चामल राहत उपलब्ध गराउँदा जनताले बिहान बेलुका असहनयहरूलाई खाना खुवाई रहेछन्। यीनै जनतालाई कर धेरै तिर भन्दै धम्क्याउन भन्दा साझा समस्यासँग कसरी जुध्ने भनेर अपिल गरे हुन्थेन र ?

छ: क्रिया भए पछि प्रतिक्रिया अवश्य हुन्छ। सकारात्मक प्रतिक्रियालाई आलोचना मानेर अरिङ्गाल लगाउने यहाँको सोच परिवर्तन गर्ने बेला पनि हो यो! ती अरिङ्गाल, उडुस-उपियाँहरूलाई कोरोना धपाउन प्रयोग गर्नुस न, हुँदैन र सरकार ?

जः सरकार जनताको लागि हो कि जनता सरकारका लागि हो आम मान्छेले बुझ्नै सकेका छैनन्। यति खेर जनतालाई ढाडस मात्रै दिनुस् न हामी छौं भनेर१ जसरी बाबु आमासँगै भएका बच्चाले सुरक्षित महशुस गर्छन् त्यसैगरी आम जनताले सुरक्षाको अनुभूति गर्न पाउन्! ढाडसै दिन पैसो खर्चिन पर्दैन नि सरकार१ भरखरै भाईरल भएको एक तस्बिर जहाँ भोकाएको बच्चालाई खुवाउन आमाले ढुङ्गा पकाईरहेकि थिईन!

झ: लकडाउनकै बेला पनि बलात्कारका घट्ना सुन्न परिरहेछ। यस्तो अपराधलाई न्यूनीकरण गरेर दोषीलाई कडा भन्दा कडा कारवाई गर्नुस १ समाजलाई यस्ले कति मर्यादित बनाउँथ्यो ।

ञ: यहाँ उत्पादन हुदै गरेको बिजुलीको खपतका लागि पेटमा पटुका कस्न वाध्य हुनुहुन्छ । तर कृषिप्रधान देश ,लकडाउनका बेला भारतबाट करोडौको तरकारी आउन रोकेर कृषकको बारीको तरकारी खपत गर्ने व्यवस्था गरेको भए कति जयजयकार हुन्थ्यो होला?

थाहा छ, नमागिएको सल्लाह दिनु मूर्ख्याइँ हो। यो पनि थाहा छ हिजो समाज परिवर्तन गर्न भाषण गरेर विवाह गर्नेहरूका वैवाहिक वर्षगाँठहरू कसरी मनाईदै छ । प्रष्ट देखिएको छ( तपाईंको निष्ठा र संकल्प देश(जनताका लागि नभई आफ्नै स्वार्थका लागि हो रहेछ भनेर। अहिले व‌ैकल्पिक व्यक्ति र पार्टि को शून्यता छ, आशालाग्दो कुनै विकल्प छैन। यसैले जनताको मन जित्न ठुलो कुरो गरेर उपहासको पात्र हुन भन्दा साना साना काम गरे हुने जुन जनताले सम्झि रहुन।

पद र प्रतिष्ठाको मोहपासबाट माथि उठेर जनताको अभिभावक बन्ने कुरामा सरकार कहाँ र किन चुक्यो?

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल