कोरोनाबाट जोगिन मलेरिया विरुद्धको औषधि सेवन गर्दै ट्रम्प

Advertisement

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिनका लागि मलेरियाको औषधि सेवन गरिरहेको बताएका छन्।

सोमबार पत्रकार सम्मेलनमा आफ्नै सरकारले समेत यस प्रकारको गतिविधि घातक हुनसक्ने चेतावनी दिदैं आएको अवस्थामा ट्रम्पले यस्तो खुलासा गरेका हुन्।

ट्रम्पले हाइड्रोअक्साइक्लोरिक र जिन्क नामक औषधि सातादिन भन्दा बढी समयदेखि दैनिकी रुपमा सेवन गरिरहेको बताए।

प्रशासनका धेरै शीर्ष चिकित्सकहरुको सर्तकता पछि पनि ट्रम्पले कोरोना भाइरसको सम्भावित उपचार वा प्रोफेलेक्सिसको रूपमा औषधी सेवन गरिरहेका छन्।

ती औषधिले केही बिरामीहरूमा साइड इफेक्ट देखिने सम्भावना रहेको छ भने यसमा कोरोना भाइरससँग लड्न सक्छ भन्ने पुष्टि भएको छैन।
ट्रम्पले आफूले ती औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको बताएका छन्। तर उनले ती व्हाइट हाउसका चिकित्सकबाट अनुरोध गरेर लिएका हुन्।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल