केयूले प्राध्यापकको मूल्यांकनलाई नै ग्रेडसिट दिने

Advertisement

काठमाडौं । काठमाडौं विश्वविद्यालयले प्राध्यापकको मूल्यांकनका आधारमा विद्यार्थीलाई ग्रेडसिट दिने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले निर्णय गरी विद्यार्थीको सम्पूर्ण मूल्यांकन गर्ने अधिकार सम्बन्धित विषयको प्राध्यापकलाई दिने र उनीहरूले परीक्षा नियन्त्रण कार्यालयमा पठाएको मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। सुबोध शर्माले असहज परिस्थितिका कारण विश्वविद्यालयबाट अन्तिम परीक्षा नलिने र प्राध्यापकको मूल्यांकनकै आधारमा ग्रेडसिट दिने निर्णय भएको बताए । केयूका सबै कार्यक्रम सेमेस्टर प्रणालीमा रहेको र सीमित विद्यार्थी भएका कारण प्राध्यापकले सही मूल्यांकन गर्न सक्ने बताए । ‘निर्णय कार्यान्वयन सुरु भएको छ, प्राध्यापकले पनिकामा जेठ मध्यसम्ममा ग्रेड बुझाउँदै हुनुहुन्छ,’ उनले भने ।

सेमेस्टर प्रणालीमा जसले पढाउने उसैले मूल्यांकन गर्ने मान्यता भएकाले केयूले यस्तो निर्णय गरेर कार्यान्वयनमा लगेको पदाधिकारीको भनाइ छ । केयूले यसअघि स्नातकोत्तर तहमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत अन्तिम परीक्षा लिने गरेको थियो । गत वैशाखमा प्राज्ञिक परिषद्ले पढाउनेले नै मूल्यांकन गर्ने व्यवस्था गरेपछि केही प्राध्यापकले अनलाइनबाट परीक्षा लिइरहेका छन् । प्राज्ञिक परिषद्ले भर्चुअल बैठक बसेर निर्णय गरेको थियो । केयूमा अहिले १५ हजार विद्यार्थी अध्ययनरत छन् । प्राध्यापकको मूल्यांकनलाई पछि समेत मान्यता दिने विषयमा सरोकारवालासँग छलफल गरेर निर्णय गर्ने रजिस्ट्रार शर्माले बताए । नयाँपत्रिका दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल