‘नदिका दुई किनारा – घरबेटी र भाडावाला’

Advertisement

नदि निरन्तर बगिरहन्छ । उ हिमाल देखि बग्दै बग्दै हजारौं किलोमिटर पार गर्दै समुन्द्रमा पुगेर बिलिन हुन्छ । किनकि उसको अन्तिम बिन्दु यहीँ आएर टुङ्गिन्छ । तर पाँच मिटर , दस मिटर वा सय मिटरको दुरीमा रहेको पल्लो किनारा कहिल्यै छुनै सक्दैन । याे प्रकृतिको नियम हाे । त्यस्तै कतिपय सम्बन्धहरू छन् जाे संगसंगै भएर पनि सधै अलग छन् । यिनको प्रकृति पनि छुट्टै छ । नियम कानुन पनि अर्कै छन ।

हाे त्यो सम्बन्ध भनेको घरबेटी र डेरवालकाे सम्बन्ध पनि हाे । जाे एक अर्कोका पुरक र प्रतिद्वन्द्वी दुबै हुन् ।

घर भर हाे । घर आधार हाे । घरले सुरक्षा दिन्छ । डेरा पनि त उस्तै हाे । बस्ने बाँस र टेक्ने आधार दिन्छ । घर नभई कसरी भाडा लगाउने ? भाडामा नबसी कसरी घर बनाउने ?
कुखुरा पहिले कि अन्डा पहिला भने जस्तो । आफ्नो थात थलाे छाेडेर बसाइँ सरेका हरेकले भाेगेकाे यो भाेगाई कतै असाध्यै मिठाे र कतै करूप बनेको छ ।

आईएकाे परिक्षामा ” घरबेटी र डेराबालाकाे ” बिषयमा निबन्ध लेख भनेर बीस नम्बर काे प्रश्न साेधिएकाे थियो । त्यतिबेला म चाैध पन्ध्र किलोमिटर परको घर छाेडेर भरतपुरमा डेरा लिएर बसेकाे थिए । घरबेटीहरू चिनारु नै थिए । नमिठाे केही भाेगिएकाे थिएन । अल्लारे बेला थियो । जस्तोसुकै कुराे पनि हाहाेमै हराउथ्याे । मेरो घरमा काेही डेरामा नबस्ने हुदा घरबेटीका अनुभूति पनि त केही थिएन । तर पनि निबन्ध लेखे । म पास भए । परिक्षामा म र म जस्ता धेरै त पास भयौं तर हामीले लेखेका निबन्धले के अर्थ राख्याे त ? तिसाै वर्ष सम्म घरबेटी र डेरवालका समस्या जस्ताकाे तस्तै छन् । पक्कै त्यतिबेलाका शिक्षकहरूले समस्या भाेगेकै कारण बीस नम्बरको प्रश्नमा समाहित भयो ? के कुनैपनि समस्याको उठान गरेर वा छलफल गरेर मात्रै समाधान निस्कने हाे रहेछ त ? मैले परिक्षा दिएकाे लगभग तीस वर्ष भयो । यो बिषयमा निबन्ध कति लेखिए हुन ? त्यस्ले के अर्थ राख्यो र ?

तर तिस वर्ष पछि मैले यस बिषयमा निबन्ध लेखे भने राम्रो नम्बर ल्याउथे हाेला । घर कसरी बन्छ ? भारतमा दरवान काम गरेर फर्किएको बहादुर जस्तो जाे साहु , सिमा प्रहरी , रिक्सावालासँगबाट लुटिदै र जाेगिदै घर पुर्याएकाे सानाे ट्याम्काे जस्तो घरकाे कति माया हुन्छ त्यही दरवानलाई थाहा हुन्छ । घर परिवारकाे आशाकाे त्यान्द्राे , सबैलाई खुशी बनाउदा बनाउदै उसको हाँसाे गुमिसकेकाे हुन्छ । तर पनि उ अरूलाई हँसाउन हाँसिरहन्छ ।

डेराबाट घर सर्दाकाे खुशी र वर्षाै सम्म तिरेर नसकिने ऋणको बाेझ कस्लाई सुनाउनु । टाेल , समाजमा निभाउनु पर्ने दायित्व , गर्नु पर्ने सहकार्य , नाईनास्ति गरे समाजबाटै एक्लिनु पर्ने भय कहाँ पाेख्ने ? हुनेले त सिङ्गै घर ताला लगाएर राखेका छन् । उनीहरूलाई भाडा लगाउनु भनेकाे झाडा साेहाेर्नु जस्तै हाे रे । छन हेपाहा प्रवृत्ति पनि । तर सबैलाई एउटै डालामा राखेर हेर्नू कति नाजायज हुन्छ । भाेग्नेलाई मात्रै थाहा हुन्छ ।

आफू पनि त भाडामै बसेर आएको हाे भनेर भाडवालासँग नम्र भयाे । रक्सी खाएर झगडा गर्ने । भाडा दिन किचकिच गर्ने । भित्ताभरि केरेर घरकाे स्वरूप परिवर्तन गरिदिने , बिजुलीको पैसै नतिरी विधुतिय उपकरणहरू चलाउने । मिटरको बिल फनफनी घुमेसँगै घुम्छ घरबेटीकाे दिमाग । बैककाे किस्ता तिर्ने ताकेता सँगै सिताङ्ग हुन्छ उसकाे आत्मा विश्वास । हिजाे देखिएको घरबेटीकाे अध्याराे मुखकाे अन्दाजा बल्ल उसले लगाउन थालेको छ !

डेराबाट घर सर्ने बित्तिकै उफ्रिरहेका बच्चालाई हात खुट्टा भाँचिन्छ नउफ्रन भन्दा ” के भयो हात खुट्टा भाँचिएर घर आफ्नै हाे क्यारे ” भन्दै उफ्रिरहेका बच्चालाई हेर्दा मन हरर भएर त आउँछ । तर डेरावालले ड्यङ ड्यङ भित्तामा किला ठाेकेर आएको आबाजले मुटु मै किला ठाेके जस्तो हुने । केही भनाै आवश्यकता ले त हाेला नि भने जस्ताे नभनाै घर माईकल ज्याक्सनकाे शरपर जस्तो छियाछिया हुने । आफ्नाे मनको कुराे त खै के खै के । उनीहरूले काेठा सरेर गएपछि मर्मत गर्दा लाग्ने खर्चको हिसाब किताब गर्न नै व्यस्त ।

भुकम्प आएको चार वर्ष कटी सक्यो । घर गुमाएकालाई राहत दिन घाेषणा गर्ने सरकारले अहिलेसम्म दिन सकेको छैन । पश्चिममा बाडि आयाे । प्रधानमन्त्री रहात काेषमा धमाधम रकम जम्मा भयो बगर बा मान्छे दुई वर्ष सम्मै वगरमै पाल भित्रै बसे । धन्न भुकम्प आयाे ती ओझेलमा परे सरकार बच्याे ।

अहिले काेराेना भाईरसका कारण विश्व लकडाउनमा छ समय राेकिए जस्तै भएको छ । सरकारले गजबको राहात प्याकेज ल्यायो । जुन राहत प्याकेजले प्रधानमन्त्री राहात काेषमा रकम जम्मा भैरहने जनतालाई सुकाे खर्च गर्नु नपर्ने ।

” घरबेटीले भाडा लिन नपाउने , साहुले मजदुरकाे तलब राेक्न नपाउने ” ।
क्या गजब सरकार ।

तिमीलाई धारामा पानी झर्नु चै नपर्ने बिल चै तिरिरहनु पर्ने । कारखानामा उत्पादन बन्द गर्ने तलब चै दिनुपर्ने ?

घरबेटीलाई पानी ,बिजुली , कर ठटाई रहने , पेस्ता काजु किश्मिस खाने डेराबालकाे भाडा चै मिनाहा गर्नु पर्ने ?

बधाई छ सरकार तिम्रो नीतिका लागि जाे वर्षाैदेखि सँगसँगै बसेका बिच झगडा र बैमनस्य उत्पन्न गराएर मस्त निदाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै रहेकाे बिसाै लाख घरबेटी र यति नै संख्यामा रहेका घरबेटी र डेरावालका आ-आफ्नै बाध्यता छन् । आ-आफ्नै समस्या छन् । मान्छे जतिसुकै उमेर भए पनि जबसम्म आँफै एउटा घर बनाउदैन तब सम्म परिपक्क हुदैन भन्ने भनाइ छ । यसैले घर बनाउँदाका कठिनाइ डेरा बस्दाका मजबुरी यी दुबै कहिल्यै अन्त्य नहुने समस्या हुन् । तर पनि नदिका दुई किनार जस्तै निरन्तर सँगसँगै हिँडिरहन्छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल