अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्न सफल भए नेपाली युवा दिवेश

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् ।

पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल उत्कृष्ट सात मा छनौट भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्ने पहिलो नेपाली हुन् ।

सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । अडिसनदेखि टप ७ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्दा आफूलाई खुसी लागेका उनले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल