बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

Advertisement

काठमाडौं, १७ वैशाख । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । खानको मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मंगलबार अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।

उनी गत वर्ष लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

लण्डनबाट फर्केपछि पनि उनले गत वर्ष फिल्म ‘अंग्रेजी मिडियम’मा काम गरेका थिए । इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

खानकी आमा सईदा बेगमको पनि केही साताअघि मात्र निधन भएको थियो । लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल