बीरगन्जमा राहत वितरणका क्रममा ढुंगा हानाहान, दुईजना घाइते

Advertisement

वीरगञ्ज, ५ वैशाख । पर्साको बीरगन्जमा राहत वितरणका क्रममा ढुंगा हानाहान भएको छ । छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट दुईजना घाइते भएका छन् ।

राहत वितरणको क्रममा विपन्नलाई राहत वितरणमा छुटाइएको भन्दै असन्तुष्ट पक्षले हानेको ढुंगाले लागेर स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

अति विपन्न र विपन्न परिवारका कोही राहत वितरणमा छुटेको भए नाम पेस गर्न आग्रह गरेपछि स्थिति बिग्रन नपाएको प्रहरीको भनाइ छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल