पूर्वपर्यटन सचिव घिमिरे नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त

Advertisement

काठमाडौं, ३ वैशाख । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वपर्यटन सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । यसअघि उनी निगम सुधारका लागि बनेको कार्यदलका अध्यक्ष थिए ।

मंगलबार मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा नियम मिचेर झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएकोमा विवाद भएको थियो ।

पर्यटन सचिव नै वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।

कंशाकारले गत माघमा राजीनामा दिएपछि रिक्त पदमा घिमिरे नयिुक्त भएका हुन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल