गुप्तबासको जीवन

Advertisement

कुनै बिश्वयुध्द, बम, बारुद, प्राकृतिक उथल पुथल बिना नै आज बिश्वमा कोलाहल मच्चिएको छ, भयावह स्थिती सिर्जना भएको छ । विश्वले दिन प्रतिदिन धेरै नै मानविय क्षति बेहोरेको घटनाले सबै त्रासित र मर्माहित भएका छन् भने कयाैं राष्ट्रका मानवजाती आज गुप्तवासको जीवन जिउन बाध्य भएका छ्न्। इतिहास वा धार्मिक ग्रन्थलाई हेर्ने हो भने कुनै सफलता हासिल गर्नका लागि गुप्तबास बस्ने गरेको पाइन्छ । आज एउटा शुक्ष्म जीवाणुले बिश्वमा राज जमाउने, प्रकृतिसंग खेलवाड गर्ने, जनावर पशुपंक्षीकाे संहार गर्ने मानवजातिलाई एक चुट्किका भरमा घुमाएको छ र यो जीवाणुु हाम्रा अगाडी भयानक ज्यानमारा राक्षषका रूपमा कोरोना भाइरस ( Covid 19 ) नामले खडा भएर विश्वका हजरौ संख्यामा मानिसको ज्यान लिएको छ भने लाखाैं संख्यामा मानिसहरूलाई अस्पतालकाे शेैयामा छटपटाई राखेकाे छ ।

आज बिश्वमा मै हु भन्ने विकसित राष्ट्र पनि यसका अगाडी झुक्न बाध्य भएका छन् तर कतिपय राष्ट्र प्रमुखको अटेरी र लापरवाहीका कारण त्याँहाका जनताले अकालमै आफ्नो ज्यान गुमाउनु परेको घटना सर्बबितितै छ । “लगन पछिको पोते के काम” , भने झै अटेर गर्ने राष्ट्र प्रमुख पनि यसका अगाडी अवश्य झुक्ने छ्न् तर त्यति बेला सम्म ती राष्ट्रले धेरै भन्दा धरै गुमाईसकेका हुनेछन् । तसर्थ यस जिवाणुलाई सामान्य नलिई विश्वका समस्त मानवजतिले यथासिघ्र जात, जाति , धर्म, लिङको भेदभाव नराखी अहमको भवना त्यगी एकजुट भएर सतर्कतापुर्बक संकटकालकाे याे घडीलाई अन्त्य गर्नु जरुरी देखिन्छ।

गुप्तवास बस्नुनै यस जिवाणुकाे प्रमुख औषधी भएकाले हाम्रो देशले लकडाउनकाे घाेषणा गर्याे हामी सबैले यसकाे पालना गरेका छाै गर्नैपर्छ, यो नै राष्ट्रियता र मानवता हाे नत्र भने राष्ट्रघाती भइन्छ। यस्ताेबेला घर परिवारसंग रमाइलो गर्नु, लेख रचना पढ्नु लेख्नु, आवत जावत नभएर अलि फुर्सद भएर हाेला नलेख्ने मान्छेका पनि हात चल्न थाल्नु , फुर्सदमा गरिने अन्य कार्य गर्नु यसरी नै बितिरहेकाे छ धरैजसाे नेपालीहरुको दिनचार्य यतिबेला ।

तर नेपाल आमाकै संन्तान छिमेकी देशबाट मरे पनि बाँचे पनि आफ्नै मातृभुमी आफ्नो बाल बच्चा परिवार सम्झि आएका नेपालीहरुले आफ्नेै भुमीमा खुट्टा टेक्न नपाउनु कँहाकाे न्याय हाे यो, विदेशले लखेट्कनु स्वदेशले बाटाे छेक्नु उफ ! कयाैं दिन भैसक्यो घरबार बिहिन ती नेपालका संतती लालाबाला संगै आकाशलाई छानो, धुलो माटाेलाई डसना, आफ्नो गुन्टाेलाई तकिया, जंगल नदी छेउकाे चिसाे सिरेटाेसंगै भाकभाेकै अलपत्र परेका ती मजदुर र बिद्यार्थीहरूकाे बिचल्लीले झन संकट उत्पन्न नहाेला भन्न सकिदैन । गासबाँसकाे व्यवस्था गरेको ठाँउमा पनि क्वारेन्टाइन को नाममा एक हुल एउटै काेठा या ग्यालरीमा काेचेकाे त्याे दृश्यले के ती सबै स्वस्थ्य हुन्छन् हाेला त? सरोकारवालाको दायित्व के यहि हो ? त्यसैले कुनै व्यबस्था नभएर हाेला कयाैं नेपाली जबरजस्ती छिर्न बाध्य भए, विशाल महाकाली आफ्नो ज्यान जोखिममा राखि नदीमा पाैडी खेलेर नेपाल भित्रन पनि बाध्य भएका थिए, भित्रीएका नेपालीलाई जाँच, टेष्ट गर्नु कता हो कता नाङ्गै डुलाउने , अन्य निहुँमा सिलिन्डर बोकाउने , कुखुरा बनाउने जस्ता कुकर्म कार्य प्रहरीबाट लुकेका छैनन् ।

यस्ताे विपतकाे बेलामा जिम्मेवारीबाट हुने भुमिका के यहि हाे ? साथै हाल सूदूरपस्श्चिममा संर्कमित बढ्दै गएकाे समाचारले हामी सबै त्रसित भएका छाै , शंखा उत्पन्न हुन थालेकाे धरैजसाेमा हाल सम्म गरिएको स्वास्थ्य परिक्षण प्रती पनि कहिले पोजेटिभ त कहिले नेगेटिभ ! अझै पनि स्वास्थकाे अन्याेलताले बोर्डरमा उचित स्वास्थ्य परिक्षण गरि भित्रीएका व्यक्तिहरूकाे पहिचान गरि यथाशीघ्र क्वारेन्टाइनकाे ब्यबस्थापन गर्न जरुरी छ नत्रभने हामी कल्पना पनि गर्न सक्दैनाै कस्ताे भयावह परिस्थिति आउला भनेर भाग्यवश अहिले सम्म त्यस्ताे स्थिती आएकाे छैन नाआवाेस पनि सतर्कता नाअपनाए भोलिका दिनमा यूरोपियन देशकाे हालत नहाेला भन्न पनि सकिँदैन । त्यसैले यस संकटकालकाे घडीमा सजाय हाेइन सहयाेग गराै । बिन्ती छ , सबैकाे गाली हाेइन आशिष लिने काम गराैं ।

हामी सचेत र अनुशासित नागरिकले सरकारद्वारा गरिएकाे लकडाउनकाे पूर्ण पालना गरेका छाैं, नेपाल बन्दको जस्तै बेलुकी पख हुरहुर्ती बाहिर निस्किएका पनि छैनाैं । सुरक्षित साथ गुप्तबास जीवन बिताउनु नै यस महामारीको एन्टिबायोटिक रहेछ तर कति दिनकाे डाेज हाे त्याे भाेलिका दिनले बताउला हामी विर नेपालीले यी सबै राम्रोसँग बुझेका नै छौ , पालना पनि गरेका नै छौ। तसर्थ बिपतका बेला सुरक्षित नागरिक भइ यस ज्यानमाराकाे अन्त्य गर्न आफू पनि बचौ र अरूलाई पनि बचाऊ, यहि हाम्रो धर्म हाे, संस्कार हाे, मानवता हाे , राष्ट्रभक्ति पनि हो ॥

महेन्द्रनगर , कञ्चनपुर
हाल: काठमाडौं

Advertisement

1 प्रतिक्रिया

  • Ganesh Kumar Dahal

    सटिक र मार्मिक प्रस्तुति सराहनिय लेख !

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल