एक साता थपियो लकडाउन

Advertisement

काठमाडौं, २४ चैत । सरकारले एक साताका लागि लकडाउनकोअवधि थप गरेको छ । जसअनुसार अब वैशाख ३ गतेसम्म सम्म लकडाउन हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले यसअघि एक–एक साता गरी दुईपटक लकडाउनको निर्णय गरेको थियो ।

यसअघि विदेशबाट आएकामा मात्र कोरोना संक्रमण भएकोमा केही दिनअघि मात्रै नेपालमै रहेका व्यक्तिमा संक्रमण देखिएपछि लकडाउन अझ कडा बनाउने जनाएको छ ।

यसअघि सुदूरपश्चिम सरकारले नै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल