राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

Advertisement

काठमाडौं, २४ चैत । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो ।

नवनियुक्त गभर्नर अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हालसम्म उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वको सिफारिस समितिले अधिकारीसहित केशवप्रसाद भट्टराई र चिन्तामणि सिवाकोटीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल