कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा काँग्रेस सक्रिय

Advertisement

पोखरा, २३ चैत । विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस कास्कीले मातहतका इकाईलाई सक्रिय बनाएको छ । पार्टीले जिल्लाका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जिल्ला समिति मातहतका सबै इकाईलाई सक्रिय बनाएको पार्टीका प्रवक्ता नवीन सिग्देलले बताउनुभयो ।

जिल्ला समितिको निर्देशनअनुसार प्रत्येक एकाइले आ–आफ्ना तर्फबाट आवश्यक सहयोगमा जुटीरहेको उहाँले जानकारी दिनुभयो । यसैबीच नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका समिति कास्कीले गाउँपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकलाई जोगाउने लक्ष्यका साथ ‘ब्लिचिङ’ पाउडरको झोल छर्केको छ ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा गाउँपालिकाका नौवटै वडामा ब्लिचिङ पाउडरको झोल छर्कने काम गरिरहेको नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “शुक्रबारदेखि गाउँपालिका–२ सार्दीखोलाबाट शुरु गरिएको ब्लिचिङ पाउडरको झोल छर्कने कार्य आज वडा नं ७ धम्पुसबाट सकिँदैछ,” उहाँले भन्नुभयो, “हामीले सँगसँगै सचेतनामुलक कार्यक्रम पनि अघि बढाएका छौँ, सचेतनाका लागि पार्टीका नेता तथा कार्यकर्ताको परिचालन एवम् सामाजिक सञ्जालको भरपुर उपयोग गरिएको छ ।” आगामी दिनमा कोरोना विरुद्धको सङ्घर्षमा पार्टीलाई सङ्गठित गर्दै अघि बढ्ने बताउँदै उहाँले यस विषम परिस्थितिमा आँफू पनि बाँच्ने र अरुलाई पनि बँचाउने अभियानमा जुट्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल