कोरोना महामारीविरुद्धको लडाइँमा राष्ट्रलाई एकजुट गर्न सरकारलाई राणाको सुझाब

Advertisement

काठमाडौं, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आइतबार ट्विट गर्दै कोरोना महामारीविरुद्धको लडाइँमा राष्ट्रलाई एकजुट गर्न सरकारलाई सुझाब दिएका छन् । राणाले यसका लागि सर्वदलीय संयन्त्र उपयुक्त हुने बताएका छन् ।

दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै परीक्षणको क्रम व्यापक बनाउनुपर्ने सुझाब दिँदै उनले बन्दाबन्दीको चरणलाई अन्तिम सफलताको रुपमा परिभाषित गरे गम्भीर भुल हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘पूर्वतयारी गरौँ, परीक्षण व्यापक बनाऔँ । संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने बाध्यता छ । आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ ।’

उनले दुर्गम क्षेत्रहरूको चुनौती सम्बोधन गर्न स्थानीय तथा प्रान्तीय संरचनालाई क्रियाशील तुल्याउनुपर्ने माग गर्दै मातृभूमि फिर्ता आएका धेरैले स्वास्थ्य प्रोटोकल पूरा नगर्दाको जोखिमतर्फ ध्यानाकर्षण गर्न सरकारलाई आग्रह गरेका छन् ।

राणाले उपचार नगरी बिरामी फिर्ता पठाउने निजी अस्पताललाई कारबाही गर्नुपर्ने सुझाब दिएका छन् । चुनौतीका बाबजुद पेसागत धर्म निर्वाह गर्ने स्वास्थ्यकर्मीप्रति उनले प्रशंसनीय सेवाका लागि धन्यवाद दिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल