आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७६ चैत्र २३ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ५ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको द्वादशी तिथि दिवा ३।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मघा नक्षत्र दिवा ११।३९ बजेसम्म रहनेछन् । यसैगरी आज गण्ड योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।५२ मा छ भने सूर्यास्त बेलुका ६।२३ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा छन् ।


आज प्रदोषव्रत परेको छ । त्रयोदशीयुक्त सन्ध्याकालीन समय हुने दिन पदोषव्रत पर्ने गर्दछ । प्रदोष व्रतमा केवल शिवजीको उपासना लाभदायी रहने गर्दछ । आइतवार परेको प्रदोष व्रतले सूर्यजन्य दोष निवारण हुने गर्दछन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल