कोरोना त्रास : प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित

Advertisement

काठमाडौं, २१ चैत । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ ।

कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोना भाइरसको त्रासपछि यसअघि चैत ७ गते, १३ गतेकालागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।

संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको बताएका छन् ।

राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल