पोख्रेल र ढकाललाई मन्त्रीबाट बर्खास्त गर्न सरकारलाई प्रदीप पौडेलको सुझाब

Advertisement

काठमाडौ, २१ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र स्वस्थ्यमन्त्री भानुभक्त ढकाललाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।

शुक्रबार ट्विटरमार्फत पौडेलले नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका पोख्रेल र स्वास्थ्यमन्त्री ढकाल भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तो माग गरेका हुन् ।

चीनबाट स्वास्थ्य सामग्री खरिदमा उनीहरुले भ्रष्टाचार गरेको उल्लेख गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘ब्रह्मलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा कसरी हुन्छ ? विपत्को नेतृत्व गर्ने सरकारको विश्वास संकटमा परेको छ । ‘प्रधानमन्त्रीज्यू तपाईंमाथि भरोसा राख्नलाई संयोजक पोखरेल र मन्त्री ढकाललाई तत्काल पदबाट बर्खास्त गर्नुस् ।’

पौडेलले ट्विटरमा मन्त्रिमण्डल नै बिचौलियाहरूको समूहजस्तो देखिएको उल्लेख गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल