स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गर्ने स्वास्थ्य सेवा विभागको निर्णय

Advertisement

काठमाडौं, १९ चैत । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको छ । उपकरणको मूल्य अत्यन्त महँगो भएको भन्दै सम्झौताको सर्वत्रबाट विरोध भएपछि सो सम्झौता रद्द गरिएको हो ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार साँझ यस सम्बन्धमा जानकारी गराएका हुन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिने भन्दै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन सो समूहसँग सम्झौता गरेको थियो ।

यद्यपि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार पहिलो चरणमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्याइसकेको छ । नेपाल आएका सामानमध्ये किट प्रयोगहीन भएको सरकारी स्वास्थ्य अधिकारीले नै बताएका थिए ।

विभागका महानिर्देशक श्रेष्ठले पनि २० प्रतिशत महँगोमा सामान आएको स्वीकार गर्दै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको बताए ।

विभागले अब तीन दिनको समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने उललेख गर्दै सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल