आज चैत्र दशैँ, दुर्गाभगवतीको उपासना गर्ने उत्तम दिन हेर्नुहोस् २०७६ चैत्र १८ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको अष्टमी तिथि राति १०।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । आद्र्रा नक्षत्र दिवा २।४६ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।५६ मा छ भने सूर्यास्त बेलुका ६।२१ बजे हुनेछ । चन्द्रमा आज बिहान ८।३८ बजेसम्म मिथुन राशिमा र सोपश्चात् कर्कट राशिमा रहनेछन् ।


आज चैत्रदशैँ हो । चैत्र शुक्लपक्षको अष्टमीका दिन माता दुर्गा भगवतीको उपासना गरी हर्षोल्लास पूर्वक चेत्रदशै मनाउने गरिन्छ । चैत्र नवरात्रको महाअष्टमीमा भगवतीको साकाररूप प्रकट भएको हो । यसले आज विधिपूर्वक दुर्गा भगवतीको आराधनाका साथै दुर्गासप्तशती पाठ गर्नाले समस्त मनोकामना पूरा हुन्छन् भन्ने कुरा दुर्गामाहात्यम्मा उल्लेख पाइन्छ । यसैगरी आज बुधाष्टमीव्रत पनि परेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल