अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

Advertisement

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी समयअनुसार बिहीबार बेलुका दुई राष्ट्रपतिबीच फोन वार्ता भएको हो ।

उनीहरुबीच कोरोना भइरसले संसारभर पारेको प्रभाव सम्बन्धमा कुराकानी भएको बुझिएको छ ।

यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका थिए । सीसँगको टेलिफोन वार्तापछि ट्रम्पले बोली फेरेका छन् ।

राष्ट्रपति ट्रम्प र समकक्षी सीबीच कोरोना भाइरस महामारीलाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने बारे कुराकानी भएको बताइएको छ ।

वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै ‘चीनले धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ । हामी एक–अर्कासँग नजिक रही काम गर्नेछौं, उच्च सम्मान छ’ भनेका छन् ।

चिनियाँ राष्ट्रपति सीले भने कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल