धनको लगानीगर्दा कस्ता कुरामा ध्यान दिनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

येऽर्थाः स्त्रीषु समायुक्ताः प्रमत्तपतितेषु च ।
ये चानार्ये समासक्ताः सर्वे ते संशयं गताः ।।
– विदुर नीति

आलसी, अधम र दुर्जनप्रति गरिएको लगानी निष्फल हुन्छ । त्यसैले यस्ता व्यक्तिलाई धन दिनु अवनतिको बाटो समाउनु हो ।


धनको लगानी गर्दा विशेष कुरामा ध्यान दिनुपर्छ भनेर बताइएको छ । सर्वप्रथमतः जुन कार्य व्यवसायमा मान्छे आलसी प्रवृत्तिका हुन्छ त्यस्ता व्यक्तिप्रति विश्वास गरेर लगानी नगर्नू भनेर बताइएको छ । आलसी व्यक्तिले पुजीवृद्धि गर्न सक्दैनन् । यस्ता व्यक्तिका निम्ति गरिएको धनको लगानी निष्फल हुन्छ । अर्थात् उन्नतिकारक हुँदैन ।


यसैगरी सदा प्रमत्त रहने व्यक्तिले पनि व्यवसायलाई सही तरिकाले अघि बढाउन सक्दैन्न् । अधम र दुर्जन व्यक्तिलाई पनि अर्थको साँचो सुम्पिनु उचित हुँदैन भनेर बताइएको छ । जो सदा खराब कार्यमा मात्र संलग्न रहन्छन् । सज्जनको संगत गर्दैनन् र नीच व्यवहार मात्र गर्दछन् यस्ताव्यक्तिको भरोसामा पनि लगानी गर्नुृ हुँदैन भनिएको छ । यसैले लगानी गर्दा लगनशील व्यक्ति संचालक रहेको, सज्जन व्यक्तिले गरेका कार्य क्षेत्र व्यवसायमा लगानी गर्नु प्रतिफलदायी रहन्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल