कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु

Advertisement

बार्सिलोना, १२ चैत । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।

कोरोना मृत्युदरमा स्पेन चीनभन्दा पनि अघि पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या २७ प्रतिशतले वृद्धि भएको छ । यो हालसम्मकै उच्च दर हो ।

चीनमा कोभिड–१९ का कारण तीन हजार २ सय ८७ जनाको मृत्यु भएको छ भने इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमित भेटिएका छन् । जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो ।

स्पेनमा ४७ हजार ६ सय १० जनालाई कोराना संक्रमण पुष्टि भएको छ भने तीन हजार १ सय ६६ जनाको आइसियूमा उपाचार भइरहेको छ । तीन हजार ७ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल