खैनीको डब्बा पोखरीमा खसेपछि झिक्न जाँदा डुबेर मृत्यु

Advertisement

वीरगन्ज– वीरगन्ज महानगरपालिकामा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । वीरगन्ज १ छपकैयाको नयाँ बस्तीमा रहेको वाटर ट्रिटमेन्ट प्लाण्टको पानी भण्डारण गरिने पोखरीमा डुबेर छपकैया घर भएका राजेन्द्र साह सोनारको मृत्यु भएको हो ।

महानगरका घर र नालाबाट उत्सर्जन हुने फोहोर पानी प्रशोधनका लागि महानगरपालिकाले नयाँवस्तीमा ट्रिटमेण्ट प्लाण्ट बनाएको छ ।
त्यही ट्रिटमेण्ट प्लाण्टको पोखरीमा डुबेर सोनारको मृत्यु भएको हो ।

बुधबार अपरान्ह ४ बजे तिर सू्र्ती (खैनी)को डब्बा पोखरीमा खसेपछि उनी झिक्न गएका थिए । सो क्रममा सोनार आफैँ चिप्लिएर पोखरीमा खसेर डुबेका हुन् ।

सोनारलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले पोखरीमा डुबेको आधाघण्टा पछि मृत अवस्थामा फेला पारेको हो । पोखरी २० फिट गहिरो रहेको बताइएको छ ।

वडा प्रहरी कार्यालय विर्ताका अनुसार सोनारको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल