ट्विट गर्दै प्रधानमन्त्रीले भने– मैले घरैमा बसेर सरकार चलाइरहेको छु, तपाईं पनि घरैमा बस्नुस्

Advertisement

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले सबै जनतालाई घरमै बस्न आग्रह गरेका छन् । लकडाउनका बेला आफूले घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले जनतालाई घरमै बस्न आग्रह गरेका हुन् ।

लकडाउनका वेला पनि सुरक्षित रहन आग्रह गर्दै उनले अर्को घोषणा नहुन्जेल घरमै बस्न आग्रह गरेका हुन् । फोटोसहित ट्विट गर्दै प्रधानमन्त्री ओलीले बुधबार यस्तो आग्रह गरेका हुन् ।

सरकारले चैत ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ । प्रधानमन्त्रीले अर्काे घोषणा नहुन्जेल घरमै बस्न आग्रह गर्नुले लकडाउन अझै लम्बिन सक्ने देखिन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल