भोलिबाट चैत्रनवरात्र आरम्भ हुने

Advertisement


काठमाडौ । दुर्गा भगवतीको उपासनागरी मनाइने चैत्रनवरात्र भोलि अर्थात् चैत्र १२ गतेबाट आरम्भ हुने भएको छ । नवरात्रमा नवदुर्गा भगवतीको विशेष उपासनाका साथै सप्तशती चण्डी पाठ एवं देवी भागवतको पाठ पारायण हुने गर्दछ । शक्तिकी देवी भगवती दुर्गाको उपासना गर्ने उत्तम समयका रूपमा चैत्र नवरात्रलाई लिइन्छ ।

नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन,धान्य,पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् भन्ने फल देवी माहात्म्यमा वर्णन पाइन्छ ।

चैत्रशुक्ल पक्षमा मनाइने शयन नवरात्र हो । यसवेला भगवतीको शयन कक्षमा प्रवेश हुन्छ ।

आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीद्वारा जसको स्तुति भएको थियो तिनै देवीको नाम महाकाली हो । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् ।

नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् ।

नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म ,अर्थ काम ,मोक्ष चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छ । जुन कामना सहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचमा उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल