कोरोना विपद् सामना कोषमा कसले कति सहयोग गरे ?

Advertisement

काठमाडौं, ११ चैत । सरकारले कोरोना विपद् सामनाका लागि स्थापना गरेको कोरोना भाइरस विपद् कोषमा विभिन्न व्यक्ति, सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।

गत आइतबारको मन्त्रिपरिषद्को बैठकले उक्त कोष स्थापना गर्ने निर्णयगरेको थियो । कोष स्थापनासँगै सरकारले उक्त कोषमा ५० करोड रुपैयाँ राख्ने निर्णय गरेको थियो । त्यसपछि सबै मन्त्रीको एक महिनाको तलबसमेत उक्त कोषमा पठाउने निर्णय भएको थियो ।

कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छिन् भने उपराष्ट्रपतिले पनि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब सहयोग गर्ने घोषणा छन् । व्यवसायी वसन्त चौधरीले ५० लाख नगद र ५० लाखबराबरको औषधि र उपकरण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनालले पनि एक महिनाको पेन्सन सहयोग गर्ने घोषणा गरेका छन् । सांसद गगन थापाले सबै सांसदलदाई एक–एक महिनाको तलब सहयोग गर्न आग्रह गरेका छन् । केही सांसदले पनि आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल