कोरोना भाइरसका कारण मुलुकमा वित्तीय संकट आउन नदिने ट्रम्पको प्रतिबद्धता

Advertisement

काठमाडौं, ११ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९)को कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन् । उनले आफूले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावत् रुपमा सञ्चालन गराउने तयारी भइरहेको बताएका छन् ।

अमेरिका बन्द गराउनको लागि नबनेको बताउँदै सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका हुन् ।

कोरोना भाइुस संक्रमणका कारण अमेरिकाको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ । भाइरसको कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ ।

सोमबार ट्रम्पले चिकित्सासम्बन्धी समस्या रहेको तर यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन् । एक साताभित्रै यथावतरुपमा व्यवसाय चल्न सक्ने बताएका हुन् । उनले यो एउटा

कोरोना भाइुस संक्रमणका कारण अहिलेसम्म अमेरिकामा ४६ हजार १ सय ४५ जना संक्रमित भइसकेका छन् । यो भाइरसको कारण अहिलेसम्म अमेरिकामा ५ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल