कार्यक्षेत्र नछोड्न र फोन अफ नगर्न कर्मचारीलाई विद्युत प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौं, ११ चैत । नेपाल विद्युत् प्राधिकरणले आफ्नो कार्यक्षेत्रमा तोकिएको जिम्मेवारी उत्तरदायी ढंगले पूरा गर्न प्राधिरकणले कर्मचारीलाई सर्कुलर जारी गरेको छ । प्राधिकरणले सबै वितरण प्रमुखहरुलाई तोकिएको कार्यक्षेत्र नछोड्न निर्देशन दिएको छ ।

प्राधिकरणअन्तर्गतका मिटर सिकायत, नो लाइट सेवा, मर्मत सम्भार, उत्पादन, प्रसारण, वितरणका कर्मचारीलाई खटाइएअनुसार ड्युटीमै रहनुपर्ने उर्दी जारी गरिएको छ । अन्य सबै कर्मचारीलाई भने कुनै पनि बेला कार्यालय र फिल्डमा उपलब्ध हुने गरी घरमै रहन र बाहिर नजान पनि प्रधिकरणले निर्देशन दिएको छ ।

कसैले फोन गरेपछि सबै फोन रिसिभ गर्न भनिएको छ । कसैले पनि फोन स्विच अफ नराख्न पनि भनिएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले कर्मचारीलाई जानकारी दिँदै भनेका छन्, ‘फोनमा लामो कुरा गर्दा अर्को महत्वपुर्ण, जरुरी वा इमर्जेन्सी खबर गर्न खोजिरहेको व्यक्तिले सन्देश प्रवाह गर्न नपाउने हुँदा यसमा विशेष ध्यान दिनुस्, किनकि यो अत्यन्त संवेदनशील घडी हो ।’

कठिन परिस्थिति आएमा वा आउने पूर्वानुमान भएमा तत्काल आफ्नो माथिल्लो निकायलाई जानकारी गराउन र उच्च मनोबलका साथ जिम्मेवारीमा समर्पित भइरहन निर्देशन दिइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल