चीनका लागि राजदूतमा पाण्डेको नाम अनुमोदन

Advertisement

काठमाडौं, १० चैत । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनुवाई समिति बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

सरकारले यसअघि चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर सो स्थानमा महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो । उनी नेकपाका नेता हुन् ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि अब पाण्डेलाई राष्ट्रपतिले राजदूतमा नियुक्ति गर्नेछिन् । गत फागुनमा उनको नाम सिफारिस गरिएको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल